देउवालाई साथ नदिने महन्थ ठाकुरको भनाई, 'जसपा नयाँ सरकार गठनमा संलग्न हुँदैन'

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफ्नो साथ नहुने स्पष्ट पारेका छन्। सोमबार संसदमा तठस्थ देखिएका ठाकुरले मध्यराति एक विज्ञप्ति निकाल्दै जसपाको मुद्दा नयाँ सरकार गठन नरहेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठन हुने प्रक्रिया शुरु भएको…

सम्बन्धित सामग्री

नयाँ सरकार गठन हाम्रो पार्टीको प्राथमिकता हैन : महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन्। संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको

देउवा निवासमा सुरु भयो तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुँदै

काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलको बैठक सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी छन्।माओवादी केन्द्रको तर्फबाट अध्यक्ष…