ओलीलाई कांग्रेसको प्रश्न : अब के मुखले भोट माग्नुहुन्छ?

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने बताए। प्रवक्ता महतले भने, ‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन्। अब के मुखले उहाँले भोट माग्ने? पाँच वर्षका लागि निर्वाचित सरकार साढे ३ वर्षमै दुईपटक हात उठायो। उहाँ