मन्त्री आलेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल, आले विरुद्ध षड्यन्त्र भइरहेको सचिवालयको दाबी !

काठमाण्डाै - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उहाँले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको गाली सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।मन्त्री आलेले अश्लील शब्द प्रयोग गरे पछि उहाँको आलोचना  भइरहेको छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ ।निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवा...