कर्णालीका आधा भन्दा बढी घरधुरी विद्युतको पहुँच बाहिर, ३ जिल्ला प्रसारण लाइन बिहिन

कर्णालीका ४३.८७ प्रतिशत घरधुरी मात्र विद्युत्को पहुँचमा पुगेका छन् । अझैँ पनि कर्णाली प्रदेशका ५६.१३ प्रतिशत घरधुरी विद्युत्को पहुँच बाहिर रहेका छन् । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका अनुसार कर्णाली प्रदेशको सबैभनदा बढी विद्युत्को पहुँच रुकुमपश्चिममा रहेको छ । यहाँका ७५.२ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । सल्यानमा ५२.८८ प्रतिशत, सुर्खेतमा ४८.१६ प्रतिशत, दैलेखमा ४८.७३ प्रतिशत, जाजरकोटमा १६.१५, डोल्पामा २१.९ प्रतिशत, जुम्लामा १९.३ प्रतिशत, कालिकोटमा ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लामा २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छ । तिन जिल्लामा अझैँ पुगेन राष्ट्रिय प्रसारण लाइनकर्णालीका १० जिल्लामध्ये अझैँ पनि तीन जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण जोडिएका छन् । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । कर्णालीका मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । हुम्ला, मुगुु र डोल्पामा ३३–११ केभिए सबस्टेसन र ३३ केभिए लाइन निर्माणाधीन छ । तथ्यांकअनुसार हुुम्लामा पाँच सय किलोवाट, मुगुमा पाँच किलोवाट, कालिकोटमा चार सय किलोवाट, जुम्ला एवं डोल्पामा २÷२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

सम्बन्धित सामग्री

बाजुरामा जोडिदैं केन्द्रीय प्रसारण लाइन

बाजुराको आधा बढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर छ। नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा त अझै झरो, टुकी बाहेकको विकल्प छैन।...

एक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं– आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच  पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा। प्रकाशशरण महतले बताएका छन्।  उनले एक वर्षभित्र नौ सय मेगावाट विद्युत् राष्ट्यि प्रसारणमा थप गरिने उनले बताएका छन्। आयातित इन्धनको परिमाणलाई उल्लेख्य […]

दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

काठमाडौँ- सरकारले दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ ।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र ...

एक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍गाउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।  उनले एक वर्षभित्र नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थप गरिने उनले बताएका छन् । आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्‍याइने उनले बताए । नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२।५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत र सोलार आयोजना सम्पन्न१ गरी आगामी आर्थिक वर्षमा करीब ९ सय मेगावाट विद्युत राष्ट्रिनय प्रसारण प्रणालीमा थप गरिने उनले बताए । आगामी आर्थिक वर्षको अन्त्यसम्म कुल विद्युत उत्पादन ३ हजार ६ सय मेगावाट पुग्नेछ भएको छ ।  रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ उनले बताए । सुख्खा यामको विद्युत माग सम्बोधन गर्न र जलविद्युत निर्यात गर्न १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी र ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।  संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण, २१० मेगावाट क्षमताको चैनपुर सेती, १०६ मेगावाट क्षमताको जगदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौ, ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला तथा ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनाहरूको निर्माण शुरू गरिने उनले बताए । गत वर्ष सरकारले उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो । यस वर्ष ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । यो वर्ष १२ अर्ब ३५ करोड रुपैयाँ उर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको हो ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दोलखाको पर्यटकीय क्षेत्र बेदिङ

मंसिर,२५, दोलखा । दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा रहेको प्रसिद्ध पर्यटकिय स्थल बेदिङ गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइन बेदिङ पुर्‍याएपछि पर्यटकीय सो गाउँ  राष्ट्रिय प्रसारणमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भू- धरातल भएपनि बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई मिटर बक्स वितरण गरिने ढकालको भनाइ छ । हिम आरोहिको गाउँको रुपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ ।  समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघु जलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द अवस्थामा थियो । पर्यटकीय गाउँको रूपमा प्रसिद्धि कमाएको बेदिङमा  ८५ घरधुरीको बसोवास रहेको छ । उज्यालोकोलागि अहिलेसम्म स्थानीयहरु सौर्य उर्जामा निर्भर थिए ।  नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार १ हजार १०० केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन् । जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने  भएपछि आफूहरु खुसी भएको बेदिङका  स्थानीयहरुले बताएका छन् । गौरिशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँ घरैपिच्छे सगरमाथा आरोहीहरु छन् । च्छोरोल्पा जाने बाटो यहींबाट पर्दछ । एक दिनको पैदल दूरीमा छो–रोल्पा हिमताल पुग्न सकिन्छ ।  बेदिङमा रहेका हरेक घर होटलको रुपमा सञ्चालित छन् । स्थानीयहरुको आयआर्जन बढाउनकालागि गौरिशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमष्टे सञ्चालन गर्न मद्दत गरिहेको छ ।  बेदिङ  छो–रोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरुको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ  पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरु ना गाउँबाट बेदिङ झर्ने गर्दछन् । पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्ष अघि नै जीएसएम टेलिफोन सेवा सञ्चालनमा विगत ल्याइसकेको छ । विद्युतको पहुँच पुगेपछि बेदीङको जनजीवन सहज हुनाका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदीङवासीको आशा छ ।

एक वर्षमा नौ सय मेगावाट विद्युत् उत्पादन गरिने

आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ ।