अमेरिकी सिनेटमा रहेका डेमोक्र्याट्सहरुले बृहत पूर्वाधार खर्च बिल साढे ३ ट्रिलियन अमेरिकी डलरको बनाउने सहमति कायम गरेका छन् । यो बजेट परम्परागत पुल, बाटो निर्माण लगायतका क्षेत्रमा खर्च छुट्याउने दुईदलीय बिल भन्दा फरक हो । रिपब्लिकनहरुसँगका सम्झौतामा समावेश नभएका परियोजनाहरुका लागि खर्च अनुमोदन गर्ने यो बिल रिपब्लिकनको समर्थन विना बजेट प्रकृयाबाट सिनेटमा सामान्य बहुमतबाट पारित […]