स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । रेडियो नेपालमा बुधबार आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयमा स्रष्टासँग भएको छलफलमा मन्त्री शर्माले राज्यले स्रष्टाको सम्मान गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “गीतसङ्गीतको प्रवद्र्धनका साथै सूचना र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण छ, अब रेडियो नेपालले सञ्चार …

सम्बन्धित सामग्री

पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अराजकता स्वीकार्य छैन : मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै त्यसनिम्ति आवश्यक पलहकदमी लिएको उल्लेख गर्नुभयो । ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक पूर्वाधार …

सामाजिक सञ्जाल व्यवस्थापनका लागि ऐन निर्माणको तयारी

प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालको व्यवस्थापनका लागि पनि सामाजिक सञ्जाल समबन्धी निर्देशिका जारी गरिएको र ऐन निर्माणको तयारी पनि थालिएको बताएकी छन्  । प्युठान जिल्लाको प्युठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सास्कृतिक डल्ले सराय मेला २०८० उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।  मन्त्री शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताइन् । मौलिक सस्कृतिको संरक्षणका साथै विकृति विसङ्गति हटाउदै लैजानु पनि सरकारको दायित्व भएको भन्दै उनले टिकटकमा रोक लगाउनु विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको बताइन् ।  मौलिक मेला पर्वहरु नेपालमा एकता र वीरताको बिम्बको रुपमा मनाइने भएकाले पनि सामाजिक सद्भाव कायम गर्दै जनतालाई एकताबद्व गर्ने र सामाजिक काममा स्वस्फूर्तरुपमा जनपरिचालन हुने यो महत्त्वपूर्ण प्रणाली भएको मन्त्री शर्मा बताइन् । उनले मेला पर्वहरुले कुनै न कुनै बेला समाजले प्रयोग गरेका चालचलनमा आधारित भएकाले समयानुकूल परिमार्जन गर्दै प्रचलनमा राखिरहनुपर्ने बताइन् । सबै चाडपर्व र मेलाहरु तत्कालीन समाजले सत्यको पक्षमा गरेका प्रगतिशील अभ्यासमा आधारित रहने गरेका मौलिक मेला पर्वहरुलाई समाज विकासको मानकको रुपमा हेर्न सकिने पनि उनले बताइन् ।  मौलिक मेला पर्वहरुको निरन्तरता र संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले पछिल्लो समय स्थानीय तहहरुले कार्यक्रम बनाउनु अझ महत्त्वपूर्ण भएको बताइन् । धेरै पुराना मौलिक सस्कृति लोप हुने खतरा देखिएकाले नयाँ पुस्तालाई सस्कृति हस्तान्तरणमा सबैको ध्यान जानु आवश्यक रहेकोमा उनले जोड दिइन् । परम्परागत रुपमा मनाइने मेलाहरुको मर्ममा असर नपर्ने गरी स्वरुप परिवर्तन गरेर प्रतिष्पर्धात्मक बनाउदै लैजानु महत्त्वपूर्ण परिवर्तन भएको पनि उनले बताइन् ।प्युठानको सराय नाच नेपालकै प्रशिद्व रहेको उल्लेख गर्दै उनले तरवारसहित नाचिने युद्धकलामा आधारित यो नाचमा महिला पुरुषको समान सहभागिता हुनु समावेशीकरणको उच्च नमूना भएको बताइन् । नेपालमा लैङ्गिक विभेद तोडिनुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको औंल्याउदै मन्त्री शर्माले राजनीतिक परिवर्तनको अभ्यास घरघर र समुदायस्तरदेखि गर्नुपर्ने बताइन् । तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाड राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको छ ।  पश्चिम क्षेत्रमा र खासगरी मगरात क्षेत्रमा तत्कालीन सेनाले प्रयोग गरेका हतियारको रुपमा प्रयोग गरेका ढाल, तरवार र खड्गको प्रदर्शन गरेर यो मेलामा स्थानीय साहस देखाउने गर्दछ्न । यो वर्ष विभिन्न मौजाका नौ समूहले प्रतियोगितामा भाग लिएका छन् । अर्को फरक सन्दर्भमा मन्त्री शर्माले भूकम्प प्रभावितहरुको पुनर्स्थापना सरकारको प्रमुख कार्यभार भएको बताइन् । त्यसका लागि सरकारले निर्वाचन क्षेत्र विकास कोषका लागि छुट्याइएको बजेटमा थप गरेर दश अर्वको पुनर्निर्माण कोष बनाएको जानकारी दिइन् ।

वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकी छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्ने आवश्यकता पनि औँल्याएकी हुन् । 'विश्वव्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती, वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्वपूर्ण पक्ष हो, यसका लागि आमसञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ,' शुभकामना सन्देशमा भनिएको छ, 'वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानका रुपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आह्वान गर्दछु ।' यसवर्ष विश्वव्यापीरूपमा प्लाष्टिकजन्य प्रदूषण निर्मूलको सन्देशसहित वातावरण दिवस मनाइँदै गर्दा यसको प्रयोगका कारण नेपालसहित विश्वव्यापीरुपमा ठूलो समस्याको रुपमा देखिँदै आएको उनले उल्लेख गरेकी छन् । 'प्लाष्टिकजन्य प्रदूषण कम गर्न यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायत विभिन्न विधि प्रयोग हुँदै आएका छन्,' सन्देशमा भनिएको छ, 'मुख्य कुरा आम नागरिकले प्लास्टिकजन्य वस्तु प्रयोगको लत कम गनुपर्ने आवश्यकता छ । यसका लागि प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी व्यापक जनचेतना जागृत गनुपर्ने आवश्यकता छ ।' नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हककै रूपमा स्थापित गरेकाले प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेकी छन् । वातावरण संरक्षणका लागि सरकारले विद्यालयस्तरमा पाठ्यपुस्तक र सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रचारप्रसार आदिमा जोड दिँदै आएको स्मरण गराउँदै मन्त्री शर्माले सबै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्र र समुदायस्तरमा पनि वातावरणसम्बन्धी जनचेतना वृद्धिका कार्यक्रम आवश्यक रहेको बताएकी हुराससन।