मुकेश कायस्थ : पहिले ‘जिउँदाे शहीद’, अब ‘राष्ट्रिय शहीद’

काठमाण्डाै –  सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामै निधन हुनुभएका मुकेश कायस्थलाई ‘राष्ट्रिय शहीद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई शहीद घोषणा गरेको हो ।  यसअघि मुकेश ‘जिउँदो शहीद’का रूपमा परिचित हुँदै आउनुभएको थियो । मुकेशको गएकाे बुधबार साँझ बनेपामा रहेकाे शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा मुकेश १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि अर्थात् ३२...

सम्बन्धित सामग्री

को हुन्‘राष्ट्रिय सहिद’घोषणा गरिएका मुकेश कायस्थ ?

काठमाडौं,३ जेठ । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उनलाई सहिद घोषणा गरेको हो । यसअघि मुकेश ‘जिउँदो सहिद’का रूपमा परिचित हुँदै आएका थिए। मुकेशको गत बुधबार साँझ बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो […]

श्रद्धाञ्जलीका लागि मुकेशको पार्थिव शरीर बनेपा नगरपालिकाको प्रांगणमा

दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि बनेपा नगरपालिकाको प्रांगणमा राखिएको छ । ११ः३० बजेदेखि २ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि मुकेशको पार्थिव शरीर बनेपा नगरपालिकामा राखिने मुकेश कायस्थ फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

शहीदारम्भ र इमान

बाह्य साम्राज्यवादी तागत वा आन्तरिक एकतन्त्रीय सर्वसत्तावादविरुद्ध विद्रोहको शङ्खनाद गर्दै देशभक्ति र जनआवाजलाई सम्मान गर्न आफ्नो अमूल्य देहसमेत बलि दिन तयार हुने निर्भयी आत्मा हो शहीद । राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको अस्तित्वको संरक्षणार्थ जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने सङ्कल्प वीर ऊर्जा शहीद हो । नेपालमा शहादतको इतिहास हेर्ने हो भने प्रमाणिकरूपमा लखन थापालाई पहिलो शहीद मानिन्छ । उनलाई वि.सं. १९३३ मा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो । वि.सं. १९९७ देखि २०६२।०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनमा थुप्रै ज्ञातअज्ञात शहीदहरूले शहादत प्राप्त गरे । नेपालमा सबैभन्दा पहिला नेपाल प्रजापरिषद् नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याइ आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीदको रूपमा लिइन्छ । मुकेश कायस्थ, विष्णुलाल महर्जन ऐतिहासिक जनआन्दोलन २ का जिउँदा शहीदहरू हुन् ।

जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

जनआन्दोलन २०६२-६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताइन् ।

जनआन्दोलनका घाइते मुकेश अझै अर्धचेत

बनेपा । जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन्...

‘मलाई मुकेश कायस्थ नबनाऊ’

लाई मुकेश कायस्थ नबनाऊ  सक्छौ भने मेरो उपचार गराऊ मेरो धेरै ठूलो कहानी छ, बिर्सिने एउटै बानी छ  बम यो बानीलाई