धर्ना जारी रहन्छ, तेस्रो चरणको आन्दोलनका लागि अझै सशक्त कार्यक्रम ल्याउँछौं– बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनले आज तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गर्दै आएको बारले धर्नालाई निरन्तरता दिँदै अझै सशक्त कार्यक्रम तय गर्न लागेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । ‘सर्वोच्चमा धर्ना दिइरहेका छौं, यो कार्यक्रम निरन्तर जारी रहनेछ,’ धर्नापछि आयोजित विरोध सभालाई मंगलवार सम्बोधन गर्दै श्रेष्ठले भने, ‘आज बैठक बसेर तेस्रो चरणको कार्यक्रम तय गर्दैछौं । अझ सशक्त कार्यक्रम आउन सक्छ ।’ उनले प्रधानन्यायाधीश जबराको ...