ब्राजिलमा संसद र राष्ट्रपति भवनमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न न्यायिक आयोगकाे आदेश

एजेन्सी । ब्राजिलको न्यायिक आयोगले संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमाथि आक्रमण गरेको घटनामा संलग्न भएका उच्च सरकारी अधिकारीहरुलाई पक्राउ गर्न आदेश दिएको छ । सोही आदेश अनुसार ब्राजिलको सैन्य प्रहरीका पूर्वकमाण्डर र पूर्वसुरक्षा प्रमुख एन्डर्सन टोरसलाई पक्राउ गरिएको हाे । प्रहरी कमाण्डर कर्नेल फाबियो अगस्टोलाइ बर्खास्त गरिएको छ । ब्राजिलका पूर्वराष्ट्रपति जयर बोल्सोनारोका […]

सम्बन्धित सामग्री

ब्राजिलको संसद र राष्ट्रपति भवनमा पूर्वराष्ट्रपति बोलसोनारो समर्थकले गरे आक्रमण

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोलसोनारो समर्थकले ब्राजिलको संसद र राष्ट्रपति भवनमा आर्क्रमण गरेका छ्न्।ब्राजिल्को फुटबल ड्रेस लगाएर आएका प्रदर्शनकारीले सर्वोच्छ अदालत पनि घेराउ गरेका छन्। प्रदर्शनकारीले हातमा ब्राजिलको झण्डा लिएर संसद भित्र छिरेका थिए। केहि प्रदर्शनकारी संसद भवनको छतमा समेत पुगेका छन्। ब्राजिलका राष्ट्रपतिले यसलाई ुफाँसीवादी आक्रमणु बताएका छ्न्। अहिले प्रहरीले महत्वपुर्ण स्थानहरु नियन्त्रणमा लिइसकेको जनाइएको छ। (बीबीसी)

लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल

२४ कात्तिक, काठमाडौं । लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ । कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक […]

राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् ।  संघीय संसदका दुवै सदनलाई  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमह

राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख मिलेर पाकिस्तानमा संसद विघटन

२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]

पाकिस्तानी प्रधानमन्त्री खानबाट राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री खानले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति अरिफ अल्भीलाई संसद् विघटन गर्न सिफारिस गर्नुभएको हो । आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपछि खानले संसद बिघटनको प्रस्ताव गर्नुभएको हो । खान विरुद्ध विपक्षी दलको अविश्वासको प्रस्ताव ल्याएका हुन् । तर पाकिस्तानको […]

संसद सचिवालयले राणाविरूद्ध महाअभियोगको जानकारी राष्ट्रपति कार्यालयलाई गरायो

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता भएको संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित विभिन्न ठाउँमा जानकारी गराएको छ । सचिवालयले राणामाथि महाअभियोग दर्ता भएको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषदलाई पत्र लेख्दै जानकारी गराएको हो । संघीय संसदले पठाएको पत्रमा संविधानअनुसार अब राणाले महाअभियोग टुंगो नलागेसम्म […]

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले आज अपरान्ह १ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गरेकी छन्। मंगलबार संसद बैठक निर्धारण भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : संसद विघटन संविधानसम्मत्

१९ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन संविधानसम्मत् भएको दाबी गरेको छ । संसद विघटनको विरुद्धमा दर्ता भएका १२ वटा रिटमाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतले मागेको जवाफ दिँदै राष्ट्रपति कार्यालयले यस्तो धारणा व्यक्त गरेको हो । ‘…सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिसका आधारमा सम्मानीय राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने […]