छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं, सिन्धुली, सिराहा र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौंको पिङ्गलास्थानमा सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको आज मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेकी छिन् । गौशालाबाट एयरपोर्टतर्फ तीव्र […]