ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा : भारतीय नम्बर भएको मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मेचीनगर नगरपालिका–७ इच्छा टोलका ३२ वर्षीय मनोज मेचेको मृत्यु भएको हो।पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग नजिकै सोमबार बिहान साढे ९ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लुबी ७३ बी ३३२४ नम्बरको मिनी ट्रकले सडक काट्दै गरेका साइकल यात्री मेचेलाई ठक्कर दिएको थियो। टक्करबाट गम्भीर घाइते भएका मेचेको बिर्तामोडस्थित बिएण्डसी