एन्जेलिना जोलीको ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुँदै

काठमाडौं । एन्जेलिना जोली स्टारर हलिउड फिल्म ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुने भएको छ । अस्कर अवार्ड विजेता निर्देशक केओल झाओ निर्देशित सुपरहिरो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो । भारतमा गतसाता प्रदर्शनमा आएको यो फिल्म मार्भल स्टुडियोको प्रतीक्षित प्रोेजेक्ट हो । फिल्ममा जोलीसहित गेम्मा चेन र रिचर्ड म्याडनको समेत मुख्य भूमिका छ । […]