भलिबल संघको निर्वाचन तयारी

नेपाल भलिबल संघले आफ्नो निर्वाचन प्रक्रिया असार १० गतेबाट सुरु गर्ने भएको छ । संघको पोखरामा शनिबार अबेर सम्पन्न कार्यसमितिकै पूर्ण बैठकले असार १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।