हुम्लामा भारी हिमपात, तीन दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा भारी हिमपात भएको छ। आइतबार दिनभर र रातभर हिमपात हुँदा जमिनमा दुई फिटसम्म हिउँ जमेको छ। हिमपातसँगै चिसो बढेपछि हुम्लाको जनजीवन प्रभावित भएको छ। यस्तै, जिल्लामा सञ्चारसम्पर्कसमेत विच्छेद भएको छ। हिमपातका कारण तीन दिनदेखि हुम्लाको हवाई सेवासमेत अवरुद्ध छ। जसका कारण जिल्लाबाहिर जानुपर्ने र जिल्ला आउनुपर्ने यात्रुहरु मर्कामा परेका छन्।

सम्बन्धित सामग्री

जापानको होक्काइडोमा हावाहुरी र भारी हिमपात, ६८३ रेल र १३६ हवाई उडान भयो रद्द

जापानमा तीव्र हावाहुरी र भारी हिमपातका कारण रेल तथा हवाई सेवा अवरुद्ध भएको छ। जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार सोमवार होक्काइडोमा

मुस्ताङमा र म्याग्दीमा हिमपात

म्याग्दी । भारी हिमपात र वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङमा सडक, विद्युत र हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार साँझदेखि सुरू भएको वर्षा र हिमपात आज बिहानसम्म पनि नरोकिए पछि हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै […]

हिमपातले हुुम्लाको जनजीवन कष्टकर, हवाई सेवा पनि अवरुद्ध

सिमकोट– बुधबार बिहानदेखि हुम्लामा भारी हिमपात हुँदा हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिट एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी हुन सकेको छैन । भारी हिमपातले सात गाउँपालिका […]