घरेलु उद्योगमा फड्को, एक वर्षमै झन्डै २ खर्ब लगानी

काठमाडौ, मंसिर १४। मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी खेप्नुपरेको पछिल्लो एकवर्षमा लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ लगानी भएको छ । वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा लघु घरेलु उद्योग कोरोना महामारीको संक्रमणपूर्ण एवं एकदमै संकटकालको सो अवधिमा समेत झन्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ […]