पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै महेन्द्रनगर जलवायु सम्मेलन सकियो

कञ्चनपुर : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै महेन्द्रनगरमा आयोजित दुईदिने जलवायु परिर्वतन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्मेलन सोमबार सकिएको छ।सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणासहित सम्मेलनले जलवायु अनुकूलनसँगै र उत्थानशील शहर र दिगो विकासबारे छलफलसहित भावी रणनीति तय गरेको छ। भीमदत्त नगरपालिकाको आयोजना तथा एनएनएसडब्लुए र डिसिएको प्राविधिक साझेदारीमा आयोजित सम्मेलनमा जिल्लाका ९ वटै पालिकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सरोकावारवाला