चुनावी माहोल तातेसँगै शेयरबजारमा सेन्चुरी : कारोबार रकम ५६ प्रतिशत बढ्यो

वैशाख ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ४ दशमलव ११ प्रतिशत अर्थात ९५ दशलमव ४६ अंक बढेको छ । परिसूचक २ हजार ४२० दशमलव ९१ बिन्दूमा पुगेको  हो ।  यस अवधिमा कारोबारमा आएका २३८ धितोपत्रको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयरको ४३ हजार ४५० पटकमा रू. २ अर्ब ५३ करोड बराबरको शेयर खरीद विक्री भएको छ । बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । रू. १ अर्बको हाराहारीमा कारोबार हुदै आएकोमा आइतवार भने रू. २ अर्ब ५३ करोड बराबरको शेयर खरीद विक्री भएको हो । इन्ट्राडेमा १०० अंक भन्दा बढी बढेको थियो । अन्त्यमा भने बजार ९५ दशमलव ४६ अंक बढेर बन्द भयो । बजार धेरैनै तल्लो बिन्दुमा आएकाले कम्पनीको शेयर मूल्य धेरै सस्तो भएकाले आइतवारको बजारमा खरीदकर्ता हावी भएसँगै बजार बढ्यो । यसोत अव बिस्तारै चुनावी माहोल शुरु हुन लागेसँगै शेयर बजारमा सकारात्मक  प्रभाव परेको हो ।    कारोबारमा आएका २३८ धितोपत्र मध्ये १२ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर,वेष्ट फाइनान्स,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,जानकी फाइनान्स,अरुण भ्याली हाइड्रोपावर,मञ्जुश्री फाइनान्स,खानीखोला हाइड्रोपावर,घलेम्दी हाइड्रो,युनिभर्सल पावर कम्पनी,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत  र ग्रीन भेन्र्चसको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकको ११∞नेपाल इन्भेष्टमेण्ट बैंक डिबेञ्चर २०८४ नामक ऋणपत्रको मूल्य ९ दशमलव ९ प्रतिशत घटेर रू.८५२ दशमलव ४० कायम भएको हो । त्यसैगरी दोस्रोमा नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य २ दशमलव ८५ प्रतिशत घटेर रू.२ हजार ७२० दशमलव १० कायम भएको छ । सर्वाधिक शेयर खरीद विक्री सानिमा बैंकको संस्थापक शेयरको रू. २२ करोड बराबरको शेयर खरीद विक्री भएको छ । दोस्रोमा शिवम् सिमेण्टको रू.११ करोड ७६ लाख बराबरको शेयर खरीद विक्री भएको हो ।