रासायनिक मलको अभाव छैन, यसपालि धान उत्पादन बढ्नेछ : कृषि मन्त्रालय

काठमाण्डाै – समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने सरकारको दाबी छ । मौसमले साथ दिएकाले र मलको पनि अभाव नभएकाले यसपालि धानको उत्पादन बढ्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले बताउनुभएकाे छ । यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरिएको छ । पोहोर ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुस...