तीन महिनाभित्र एमाले पार्टी कार्यालय च्यासलमा सर्ने, बैठक बस्न नयाँ हल बनाइने

नेकपा एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सार्ने भएको छ ।  मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भवनको मर्मतसम्भार गरी तीन महिनाभित्र सम्पूर्ण रुपले पार्टी कार्यालय च्यासलमा सार्ने निर्णय गरेको हो ।  बिहीवार जारी एमालेको अन्तर पार्टी निर्देशन (अपानि)मा केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी च्यासलमा पार्टीको लगानीमा सभाहल बनाउने निर्णय भएको उल्लेख छ ।  बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले ढालेपछि एमालेको कार्यालय धुम्बाराहीमा सारिएको थियो । चक्रपथ ...