विपद् व्यवस्थापनमा नहेरिएको पाटो

मुलुकभर आएको बाढीपहिरोबाट मानवीय क्षति हुनुका साथै पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ । नेपालमा मौसम भविष्यवाणीको प्रविधिमा आएको सुधार र पूर्वसूचना प्रणालीले कम मानवीय क्षति भएको आकलन गरिएको छ । तर, यसमा सुधारका साथै सम्भावित जोखिमबारे थप अध्ययन र जोखिम न्यूनीकरणका योजनाहरू बनाउनुपर्ने तथ्यलाई सतहमा ल्याइदिएको छ । त्यस्तै, विपद् व्यवस्थापनमा भएको सधैंको कमजोरीलाई पनि अहिलेको विपत्तिले उजागर गरेको छ । विश्व तापमानमा आइरहेको परिवर्तनले हिमतालहरू फुट्ने खतरा थपिदिएको छ । यस्तोमा नेपालले जोखिमका बारेमा पर्याप्त अध्ययन गर्नुपर्छ । नेपाल बाढीपहिरो र भूकम्पका दृष्टिकोणले जोखिमयुक्त क्षेत्र मानिन्छ । यी प्राकृतिक प्रक्रिया नै हुन् तर मानिसले बनाएका भौतिक निर्माण र मानवीय क्षति पुग्दा यिनलाई विपत्ति मानिन्छ । यस्ता सम्भावित विपत्तिबारे नेपालमा पर्याप्त अध्ययन भएको पाइँदैन । भएका अध्ययनबाट प्राप्त निष्कर्षलाई कार्यान्वयनमा लैजाने पाटो झनै कमजोर छ । सरकार र नागरिक दुवैका तर्फबाट सम्भावित जोखीमप्रति बेवास्ता गर्दै बस्ती बसाउने तथा भौतिक पूर्वाधार बनाउने गर्दा त्यसबाट मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ । यस्तो क्षति बारम्बार भोग्नु परिरहेको पनि छ । तैपनि थप अध्ययन गराउन तथा अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्न थप सक्रियता देखिएको छैन । सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोको समस्या बढी देखिएको छ । अन्य पहाडी भूभागमा पनि पहिरोको समस्या उत्तिकै छ भने तराईका डुबानको समस्या वर्षेनि जस्तै भइरहने गरेको छ । मेलम्चीमा आएको बाढीको प्रकृति हेर्दा नदी थुनिएर पाँगो माटो आएको देखिन्छ । वर्षाको पानी मात्र नभई हिमताल फुटेर आएको हुन सक्ने सम्भावना पनि केही विज्ञले औंल्याएका छन् । मनाङतिर आएको बाढीमा पनि पाँगोको मात्रा बढी भएको भनाइ छ । यसले नेपालको भौगोलिक बनोटका कारण समस्या बढी भएको तथ्यलाई नै संकेत गर्छ । नेपालमा हिमतालहरू फुट्ने सम्भावना बढी नै छ । नेपालमा २ हजार ३२३ ओटा हिमताल छन् । यी ताल झन्डै ७६ वर्गकिलोमीटरमा पैmलिएका छन् । महाकाली, कोशी, गण्डकी, कर्णाली चार प्रमुख नदी बेसिनहरू छन् । यी सबै हिमालबाट उत्पत्ति भएर आएका नदी हुन् । हिमताल फुटेर बाढी आए तथा यी नदी थुनिए भने तिनले निम्त्याउने विनाश मेलम्चीको भन्दा निकै भयावह हुने देखिन्छ । विश्व तापमानमा आइरहेको परिवर्तनले यस्ता तालहरू फुट्ने खतरा थपिदिएको छ । यस्तोमा नेपालले जोखिमका बारेमा पर्याप्त अध्ययन गर्नुपर्छ । साथै, यसबाट हुने क्षति न्यून गर्न पनि अध्ययन नै गर्नुपर्ने देखिन्छ । क्षतिको सम्भावना भएका क्षेत्रबाट बस्ती अन्यत्र सार्ने, एकीकृत बस्ती बसाल्ने, जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार गर्न नदिने तथा पूर्वाधारहरू बनाउँदा वातावरणीय असरबारेमात्र नभई यस्तो जोखिमको पनि अध्ययन गराउने र त्यसैअनुसार पूर्वाधार बनाउन आवश्यक मापदण्ड तयार गर्नुपर्ने देखिन्छ । विकास र प्रकृतिबीच विपरीत सम्बन्ध जस्तै देखिन्छ । दिगो विकासका लागि प्रकृतिमा सकेसम्म कम हस्तक्षेप गर्ने नीति अवलम्बन गरिन्छ । प्रकृतिमाथि कम हस्तक्षेप गर्नेगरी पूर्वाधार बनाउँदा लागत बढी पर्छ जुन नेपालजस्तो अल्पविकसित मुलुकले बेहोर्न गाह्रो पर्छ । नेपालका नयाँ शहरहरू नदीकिनारमा विस्तार हुँदै छन् । सडक पूर्वाधार निर्माण गर्दा नदी किनारबाट गर्ने गरिएको छ र यही क्षेत्रमा नयाँ बस्ती विस्तार भइरहेको छ । यस्तो बस्ती नै बढी जोखिममा परेको पाइन्छ । नदी बस्तीमा पसेको हो कि बस्ती नदीको क्षेत्रमा पसेको हो भन्ने बहस बाढी आएका बेला उठाउने गरिन्छ । तर, उचित मापदण्ड बनाएर यसलाई नियमन गर्नु सरकारको जिम्मेवारी हो । नेपालको आर्थिक रूपान्तरणका लागि उच्च सम्भावनायुक्त क्षेत्र जलविद्युत्लाई मानिन्छ । नेपालमा प्राविधिक रूपमा ४२ हजार मेगावाट विद्युत् उत्पादन हुन सक्ने देखिएको छ । यसका लागि वैदेशिक लगानीलाई प्राथमिकता दिइएको छ । नेपालमा ठूला जलविद्युत् आयोजनाहरू बन्न थालेको सन्दर्भमा ती बाँधहरू भत्किए सम्भावित क्षति निकै ठूलो हुने देखिन्छ । त्यसैले बाढीपहिरोबाट यस्ता आयोजनामा हुन सक्ने क्षति र त्यसलाई न्यून गर्ने उपायबारे पनि अध्ययन हुन जरुरी छ । प्राकृतिक घटनाक्रमबाट विकास निर्माणसँग जोडिएका जोखिमहरूबारे अध्ययन हुनुपर्छ । त्यसै अनुसार पूर्वाधार बनाउँदै जानुपर्छ ।

सम्बन्धित सामग्री

विपद् व्यवस्थापनमा सबै वर्गको प्रयास अपरिहार्य : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको बताए […]

नेपालमा विपद् जोखिम तथा व्यवस्थापन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सबै प्रदेश र स्थानीय सरकारहरू उत्तिकै सक्षम छैनन्। यिनको संस्थागत क्षमता विकास गर्न जरुरी छ।...

विपद् व्यवस्थापनमा जुट्न प्रजिअ यादवको निर्देशन

बखतियार अलि सर्लाही ३१ वैशाख । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद् व्यवस्थापनमा जुट्न सरोकारवाला निकायहरूसँग आग्रह गरेका छन् । वैशाख जेष्ठ महिनामा जिल्लाका अधिकांश ठाउमा आगलागीको घटनामा ह्वातै बढेकाले सजकता अपनाउन तथा अकस्मात आगलागीको घटनालाई नियन्त्रणका लागि पूर्वतयारी गर्न प्रजिअ यादवले सरोकारवाला निकायहरूलाई निर्देशन दिए । दैवीप्रकोप नियन्त्रण तथा नियुनीकरण गर्न बसेका […]

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

काठमाडौँ, १ वैशाख । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आएएफआरसी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र […]

‘विपद् व्यवस्थापनमा साझा धारणा बनाएर काम गर्नुपर्छ’

विराटनगर– प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापनमा सबैले साझा धारणा र भावना बनाएर काम गर्नुपर्ने बताए । प्रदेश नं १ न्याय प्रशासन तथा विधायन समितिद्वारा आज आयोजित ‘प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश संसद्को भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्राकृतिक विपद्लाई बर्सेनि सामना गर्न यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्नेमा जोड दिए । […]

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताएका छन् । उनले आगामी दिनमा पनि जनधन जोगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्षसमेत रहनुभएका गृहमन्त्री खाणले समितिको १४औँ बैठकमा भने, ‘पूर्वतयारीका कारण […]

विपद् व्यवस्थापनमा तयारी कामपा

काठमाडौं । वर्षायाम शुरू भएसँगै विपद्जन्य घटना रोक्न काठमाडौं महानगरपालिकाले आवश्यक तयारी गरेको छ । विशेष गरी राजधानीभित्र बग्ने नदी थुनिएर मुख्य सडक र आवासीय क्षेत्र डुबानमा पर्नेलगायतका सम्भावित घटनाबाट जोगिन कामपाले आवश्यक साधनसहित तयारी थालेको छ । कामपा विपद् व्यवस्थापन विभागले विपद् रोक्न सबै आवश्यक सामग्री भण्डारण गरी तयारी अवस्थामा राखेको छ । महानगरले […]

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो छ: मन्त्री कार्की

विराटनगर, २९ कात्तिक: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताएका छन् । उनले भने, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा […]

प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार भएन : सांसद पौड्याल

बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको बताएका छन् । बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विषेश समय माग गर्दै सांसद् पौड्यालले प्रदेश सरकारले विपद्को समयमा झुटो आश्वासन बाँड्नका लागि सो क्षेत्रमा अनुगमन जाने गरेको बताए । हरेक वर्ष सिन्धुपाल्चोकमा आइपर्ने विपद्को समयमा पनि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सो क्षेत्रमा गएर आश्वासन बाँड्ने तर कार्यान्वयन तर्फ काम कुनै काम गर्न नसकेको उनले बताए ।सरकारले विगतमा पनि विपद्को बेलमा अनुगमनका लागि

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना ...