काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले अहिले जवाफ केलाउने काम गरिरहेको जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कारबाहीको प्रक्रियामै रहेको बताए। ‘अहिले स्पष्टीकरण सोधिएका सबै विषय कात्तिक २५ यता टुंगिन्छन्’, थपलियाले भने, ‘जवाफ चित्तबुझ्दो भयो र दोहोर्याएर उल्लंघन नहुने प्रतिवद्धता आयो भने मान्न सकिन्छ नभए दण्ड जरिवाना हुन्छ।’उनल