घाइते पत्रकार दयाराम पण्डितको उद्धार हुन सकेन

मार्तडी । बाजुराको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन । एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचार पत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित सोही गाउँपालिकाको घट्टेबगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्यचौकीले जनाएको छ । टाउकाको सिटिस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहँुदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ । दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताए ।

सम्बन्धित सामग्री

रोल्पामा बस दुर्घटना, ८ जना घाइते

रोल्पाको रुन्टीगढीबाट दाङको तुलसीपुरतिर जाँदै गरेको बस शनिबार पानीगैरामा सडकमै पल्टिँदा ८ जना घाइते भएका छन् । बिहान ९:५० बजे भएको दुर्घटनामा प्रहरी र गाउँलेले तत्काल घटनास्थल पुगी उद्धार गरेकाले मानवीय क्षति हुन सकेन ।

हुम्ला पहिरोः खराब मौसमका कारण आज पनि हुन सकेन घाइतेको उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास मंगलबार पनि सफल हुन सकेन। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्ने प्रयास गरे पनि खराब मौसमका कारण उद्दार कार्य हुन नसकेको हो। स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाइतेलाई लामो प्रयासपछि मंगलबार हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियो। प्रमुख जिल्ला अधिकारी […]

पहिरोमा परेका घाइतेको उद्धार हुन सकेन

सिमकोट – अविरल वर्षाका कारण आइतबार राति गएको पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धार हुन सकेको छैन। उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट उडे पनि खराब मौसमका कारण हुम्ला आउन नसकेको हो। सुर्खेतबाट आएको सेनाको हेलिकोप्टर कालिकोटमा अवतरण गरेर फिर्ता भएको थियो। कालिकोटबाट बाजुुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमका कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा […]

खराब माैसमका कारण हुम्लाबाट सुत्केरी र घाइतेको उद्दार हुन सकेन

अविरल वर्षाले घर भत्किँदा गम्भीर घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन जनालाई खराब माैसमका कारण हेलिकप्टरबाट उद्दार गर्न सकिएको छैन। नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार हुने भनिएपनि खराब माैसमका कारण चंखेली गाउँपालिका-६ का...

मनास्लुमा हिमपहिरो : घाइतेकाे अझै उद्धार गर्न सकेन होलिकोप्टरले

काठमाडौं– गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी कम्तिमा १० जना घाइते भएका छन् । हिमाल आरोहीलाई अक्सिजनलगायत सामग्री लिएकाहरु हिमपहिरोमा फसेका थिए ।  उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको भएपनि मौसम खराबीका कारण उद्धारमा कठिनाई भइरहेको छ । मनास्लु हिमालको दुई थुम्काको बीचबा...

मनास्लुमा हिमपहिरो जाँदा १० जना बढी घाइते, खराब मौसमका कारण अझै उद्धार हुन सकेन

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए । “कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ । घटनास्थल नजिकै...