केयूकेएलका कर्मचारी आन्दोलित, सिइओ शाक्यलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्घ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, […]