बागलुङ बजारमा पहिरोले खानेपानी अवरुद्ध

ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । सुल्डाँडास्थित ट्याङ्कीछेउ पनि पहिरा खस्दा पाँच पाइपमा क्षति पुगेको छ । बोक्सेलगायत अन्य कैँयन ठाउँमा खानेपानीका पाइपमा क्षति पुगेको जनाइएको छ ।“आयोजनामा ठूलो

सम्बन्धित सामग्री

पहिराेले खानेपानी अवरुद्ध

बागलुङ । ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । ल्डाँडास्थित ट्याङ्कीछेउ पनि […]

साता दिनदेखि खानेपानी अवरुद्ध

पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ।

साता दिनदेखि खानेपानी अवरुद्ध

पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् । सक्नेले महँगोमा ‘जार’ को पानीले खाँचो टारेपनि सबैको स्थिति उही छैन । पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ । कतिपयले बलेनीको पानी जोगाएर नुहाइधुवाइ गर्छन् । शौचालय बस्ने पानीसम्म नभएको उपभोक्ताको गुनासो छ । बागलुङ नगरपालिका–२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको सुनाउनुभयो । तिर्खा जेनतेन मेटेपनि भान्सा र सरसफाइमा पानीको अभाव छ ।