चितवन - चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएकाे छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको सहारा लिनुपरेको छ ।
अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको सहारामा बिताउन बाध्य छन् । २ सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले ७ सय ७८ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो । कार्यालय प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थाप...