उपनिर्वाचन : तीनै क्षेत्रमा कुन दलकाे अवस्था कस्ताे ?

काठमाडौं : तनहुँ, चितवन र बाराको उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ। वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको हो।  उपचुनावका लागि सोमबार भएको उम्मेदवारी दर्तामा कुल ६९ जना चुनावी मैदानमा छन्। जसअनुसार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना रहेका छन्। तीमध्ये दलको तर्फबाट ३३ र स्वतन्त्रबाट ३६ जना उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ।  तनहुँ–१ मा नयाँ अनुहारतनहुँ

सम्बन्धित सामग्री

उपनिर्वाचन : कसका लागि के सन्देश ?

सम्पन्न भइरहेको उपचुनावको जित–हारले नै सरकार ढल्ने वा प्रतिपक्ष सत्तारुढ हुने अवस्था भएमा बाहेक संसदीय शासन

जनमत पार्टी राजनीतिक बखेडामा बस्दैन

जनमत पार्टी मधेश प्रदेशमा सरकारमा सहभागी भएको दल संघमा महत्त्वपूर्ण मन्त्रालयको सौदाबाजी गर्दागर्दै नपाई सकेपछि पछिल्लो समय खानेपानी मन्त्रालय मात्र लिएर सहभागी भएको दल हो। पछिल्लो समय विविध कारणले गर्दा विवाद भइसकेपछि उपनिर्वाचन पछि सरकारबाट बाहिरिएको दल तर अहिलेसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको अवस्था छैन। सरकारबाट बाहिरिएको छ। […]

देशमा समृद्धिको मिसन आवश्यक छ

मंसिर ४ गतेको आम निर्वाचन र वैशाख १० को उपनिर्वाचन पछाडि नेपाली समाजमा एउटा भाष्यको सिर्जना भएको छ। ’पुराना राजनीतिक दल सच्चिन या सक्किन निमित्त तयार हुनुपर्ने अवस्था आएको छ। तर यतिबेला राष्ट्रिय राजनीतिका केही उदाहरण हेर्दा पुराना राजनीतिक दलहरू सच्चिने खालका गतिविधि देखिएका छैनन्। के अब उनीहरु सकिन तयार भएका हुन् ? यी र […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभरमा बारा-२ मा उपेन्द्र यादव विजयी, उपनिर्वाचन एमाले तीनै क्षेत्रमा तेस्रो , प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल, संसदीय सुनवाई समितिमा ३ सदस्य चयन, वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट, राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख, नेपाल प्रहरीका १३ डीआईजी पदस्थापनलगायतले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: बारा-२ मा […]

चितवन–२ सँगै छिट्टै यी क्षेत्रमा उपनिर्वाचन हुने

काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले गत मंसिर ४ मा देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरायो । निर्वाचन सम्पन्न भएको चार महिना नवित्दै पुनः चार क्षेत्रमा प्रतिनिधि सभाको उपनिर्वाचन हुने अवस्था सिर्जना भएको छ । पुनः उपनिर्वाचन हुँदा एकतर्फ राज्यलाई आर्थिक भार थपिने अवस्था सिर्जना हुन्छ भने अर्कोतर्फ मतदातामा चरम वितृष्णाको […]

मंसिरभित्रै काँग्रेसले महाधिवेशन नगरे तीनवटा चुनावमा भाग लिन नपाउने

सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था खडा भएको छ । केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन अनि स्थानीय तहको निर्वाचनमा भाग लिन मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ ।यसैलाई मध्यनजर गरी काँग्रेसले महाधिवेशन फेरि नयाँ कार्यतालिका ल्याएको छ । तर, दुई वर्षदेखि महाधिवेशनको तयारीमा रहेको काँग्रेस कार्यतालिका हेरफेरमै रुमलिएको छ । नयाँ कार्यतालिका अनुसार महाधिवेशन नभए के हुन्छ

दलहरूका लागि ‘मिनी जनमतसंग्रह’ हुँदैछ उपनिर्वाचन

त्यसैले स्थानीय तहको उपनिर्वाचन ढिलाेमा कात्तिकमा भइसक्नुपर्ने हुन्छ । तर, सरकार र  निर्वाचन आयोगको मौनताले त्यो अवस्था अहिले देखिएको छैन ।

तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो।