अवैध रूपमा अक्सिमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं। काठमाडौं विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाइछिपाइ अवैध रूपमा अक्सिमिटर बिक्री गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयकाअनुसार बिलबिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको,न्यून गुणस्तरको अक्सिमिटर बिक्री भइरहेको सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। अनुगमनमा काठमाडौं प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो ।

सम्बन्धित सामग्री

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जना पक्राउ

अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्‍वाङ पाल्मु लामा रहेका छन् । इण्डिगो एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेका उनीहरूलाई …

अवैध रूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् ।

भन्सार छली अवैध रूपमा लैजान लागेको सुन सहित पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको ६५ ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-४ घर भएका ३१ वर्षीय सुरेश तामाङ छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई […]

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित एक भारतीय पक्राउ

रूपन्देही- लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी […]

अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ

रूपन्देही, २३ असार । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई […]

सुर्खेतबाट अवैध रूपमा ओसारपसार भइरहेको काठसहित तीन जना पक्राउ

काठमाडौँ । सुर्खेतबाट अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्। हिजो (शनिबार) राति १२ बजे लेकवेशी नगरपालिका-८ गन्नेपानीबाट ७८.९ क्युफिट काठसहित उनीहरूलाई पक्राउ गरिएको हो। भे १ ख २७७९ नम्बरको मिनी ट्रकमा लोड गरी वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । […]

मलेसियामा अवैध रूपमा बसेका १६ जना नेपाली पक्राउ

मलेसियाको अध्यागमन विभागले १६ नेपालीसहित अवैध रूपमा बसेका ८६ जना आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ ।

चितवनबाट अवैध रूपमा तस्करी गरेको काठसहित तीन जना पक्राउ

चितवन । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामद गरिएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, […]

अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन।प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ। सो क्रममा हालैमात्र दुबईबाट काठमाडौं आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौं ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरील

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । अनुगमनमा काठमाडौँ […] The post अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.