समानुपातिक तर्फको संशोधित बन्दसूची कांग्रेस र माओवादीले आयोगमा बुझाए

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते राजनीतिक दलहरुले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक बन्दसूची संशोधन गर्न आज आइतबारसम्मको समय तोकेको थियो । निर्वाचन आयोगले दिएको अन्तिम समयअनुसार कांग्रेस र माओवादी केन्द्रले संशोधित समानुपातिक बन्दसूची बुझाएका हुन् […]