नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले विभिन्न आठ जिल्लामा संयोजक तोकेको छ । विराटनगरको विष्णुमाया पुस्तकालयमा मंगलबार बसेको बैठकले खोटाङमा दिपक पाण्डे, उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको हो ।बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको भने पार्टीको प्रदेश कार्यालयको आफ्नै भवन बनाउने निर्णयसमेत गरेको छ