अब आफैंले बनाउन सकिने छ आफ्नो चिना

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सह प्राध्यापक डा माधवप्रसाद पाण्डेयले लेख्नुभएको पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक गरिएको छ । वाल्मीकि विद्यापीठ ज्योतिष विभागले आयोजना गरेको कार्यक्रममा चिना निर्माणसँग सम्बन्धित विषयवस्तु समेटिएको तीन सय २० पृष्ठको पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक शास्त्री (स्नातक) तहका विद्यार्थीका लागिसमेत उपयोगी रहेको सो अवसरमा जानकारी गराइएको छ । पुस्तक विमोचन गर्दै …