प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका विषयमा नेता रावलसँग ओलीले छलफल गरेको एक नेताले बताए । उनका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग भेटवार्ताका लागि अनिच्छा देखाएपछि ओलीले भीम रावललाई बालुवाटार बोलाएर आइतबार राति छलफल गरेका हुन् ।
एमालेका ओली निकटका दोस्रो तहका नेताहरुले आइतबार बिहान नेता नेपाललाई कोटेश्वरमा पुगेर भेटेका थिए। उनीहरुले एक पटक ओलीसँग भेटवार्ता गर्नका लागि आग्रह गरेपनि त्यसप्रति नेता ...