कुकुर पूजा तथा सैनिक डग कला प्रदर्शनी, तस्वीरहरू

काठमाडौं: यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ। परम्परागतरुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ। हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ। कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ। आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ।यसैबीच न

सम्बन्धित सामग्री

सैनिक कुकुरको कला (तस्बिरहरू)

काठमाडौं । कुकुर तिहारको दिन आज भक्तपुरको सानो ठिमीस्थित नेपाली सेनाको भैरव वहान गुल्ममा पनि कुकुर पूजा गरिएको छ । सैनिक कुकुरको पूजासँगै कला प्रदर्शनी गरी कुकुर पूजा मनाइएको हो । थप तस्बिर हेर्नोस्–