डा अरुण शाहीलाई बंगलादेशमा 'एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच' अवार्ड

डा शाहीलाई यो सम्मान उनको नेतृत्व क्षमता र उपचारमा रहेको समर्पणका लागि दिइएको हो। उनले देशभित्र मात्रै होइन, बाहिर समेत पुगेर उपचारमा समानता र सहज क्यान्सर उपचार सेवा विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप दिइएको आयोजक संस्थाले जनाएको छ।