समानुपातिक बन्दसूचीका लागि समय थप्न सकिँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको निर्वाचन कार्यतालिका परिवर्तन नहुने स्पष्ट पारेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलहरूले अन्तिम समयमा बन्दसूचीमा फेरबदल गर्ने प्रवृत्ति पुरानै समस्या बनिसकेको बताए। यस्तो अवस्थामा कार्यतालिका संशोधन गरिए निर्वाचन प्रक्रियामै असर पर्न सक्ने उनको भनाइ थियो। आयोगले […]