काठमाडौँ — काठमाडौंको चम्पादेवी डाँडा पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासी बिरामी परेका छन् । घुमफिर र हाइकिङका लागि चम्पादेवी पुगेका राजदूत श्रीवास्तव एक्कासी बिरामी भएका हुन् । बिरामी परेपछि अचेत भएका उनलाई हेलिकोप्टरमा राखेर उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।