काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगको कार्यालय, कान्तिपथमा बिहीबार भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका प्रतिनिधि सहभागी थिए। आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका […]
अमेरिकाको क्यालिफोर्निया राज्यले करिब १७ हजार व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने तयारी गरेको छ। रद्द गर्न लागिएका यी अनुमति पत्र सेमिट्रक र बसजस्ता सवारीसाधन चलाउने आप्रवासीहरूलाई दिइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैर कानुनी रूपमा देशमा रहेका आप्रवासीहरूले गलत रूपमा अनुमति पाएको भन्दै चासो व्यक्त गरेपछि यो कदम उठाइएको हो। तर, गभर्नर गेभिन […]
बेङ्गलुरु। महाराष्ट्रको पुणे-बेङ्गलुरु राजमार्गमा भएको सवारीसाधन दुर्घटनामा सातजनाको मृत्यु भएको छ। बीबीसी मराठीका अनुसार, वारुणयन्त्र विभागले साँझ ५:४० बजेतिर नियन्त्रण कक्षलाई नवले पुलमा भएको दुर्घटनाका कारण तीनवटा सवारीसाधनमा आगलागी भएको जानकारी प्राप्त भएको जनाएको छ। घटनास्थलमा आठवटा दमकल पुगेका थिए। अग्निनियन्त्रकहरूले घटनास्थलमा दुईवटा कन्टेनर र एउटा चारपाङ्ग्रे सवारीसाधन अड्किएको भेट्टाए। फसेको चारपाङ्ग्रे सवारीसाधनमा आगो लागेको […]
पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन् । उनले अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै बुधबार भने,‘अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ ।’ म्याक्रोनले अन्तरिक्ष अब युद्धको मैदान बन्ने बताए । उनले भने, […]
काठमाडौँ। डिफेन्डर अनन्त तामाङको गोलसँगै नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगिएको छ। ढाकास्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २-२ को बराबरीमा रोकेको हो। बंगलादेशका लागि दुवै गोल हम्जा चौधरीले गरे। नेपालका रोहित चन्द र अनन्त तामाङले गोल फर्काए। योसँगै नेपाल बंगलादेशविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको छ। बंगलादेशले १७ नोभेम्बर २०२० […]