जमुनाहा नाकाबाट घर फिर्ने बढे

दसैँतिहार नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली अहिले दसैँतिहार मनाउन सयौँको सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवा अहिले नेपाल फर्किरहेकाले सिमानामा निकै चहलपहल र भिड बढेको सिमानास्थित जमुनाहा प्रहरीले जनाएको छ । दसैँ आउन केही दिन मात्र बाँकी रहेको अवस्थामा अहिले दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म नेपाली भारतबाट घर फर्किन सिमानामा पुगिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई मिनबहादुर विष्टले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

जमुनाहा नाकाबाट दसैं मान्न आउनेको संख्यामा कमी

नेपाल–भारत सिमाक्षेत्रस्थित बाँकेको जमुनाहा नाका नेपालकै ठूलोमध्येको हो । यो नाका भई नेपालबाट भारत र भारतबाट नेपाल आउने–जाने नागरिकको उल्लेख्य चहलपहल हुनेगर्छ । तर यसपाली दसैंमा घर आउने नेपालीको संख्या तुलनात्मक कम रहेको छ ।

जमुनाह नाकाबाट देखिएको महासंकटको संकेत

१२ वैशाख, जमुनाहा नाका (बाँके) । आइतबार अपरान्ह तीन बजे बजेको छ । बाँकेस्थित जमुनाहा नाकामा भारतबाट पोको पुन्तुरा बोकेर आउनेहरुको लर्को छ, हेल्थ डेस्कमा उस्तै चाप छ । त्यही बेला हेल्थ डेस्क छेउमा एउटा गाडी आइपुग्यो र दुईजना फटाफट चढेर हुँइकिए । गाडी अगाडि बढेपछि हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘कोरोना संक्रमितलाई त्यत्तिकै घर पठाउनु […]