अनेक ‘डिल’ पछि संकटको ‘डिल’ मा चोलेन्द्र

न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् । सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ । जबराको राजीनामा माग्नेको संख्या बढ्दो...