अरनिको पथ पछ्याउँदै मञ्जुल

 इतिहासमा नेपालीहरुले विश्वसामु आफ्नो कार्यकुशलता र बहादुरी देखाइसकेका छन् । दोस्रो विश्वयुद्ध र नेपाल एकीकरणका बेला ब्रिटिश साम्राज्यसँग बहादुरीका साथ लडेर नेपालीले आफ्नो सामर्थ्य देखाए ।त्यसैगरी नेपालीको कार्यकुशलता झल्कने ललितकलाको महिमालाई विश्वसमुदाय सामु चिनाउन राष्ट्रिय विभूति एवं कलाकार अरनिकोले मित्रराष्ट्र चीनको भोटमा गएर आकर्षक स्तूप निर्माण गरेको इतिहास छ ।२१ औं शताब्दीमा महान् कलाकार अरनिकोको पदचाप पछ्याउँदै जापानको कडा चट्टानमा विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माणको अगुव