सांसद अपहरणमा नाम जोडिएको भन्दै कांग्रेस सांसदले मागे शंकर पोखरेलको राजीनामा

सांसद अपहरणमा नाम जोडिएको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा कांग्रेस सांसद पन्थले सांसद अपहरण सम्बन्धमा लुम्बिनी प्रदेश सभाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।  ‘लुम्बिनीको मुख्यमन्त्रीको कार्यालय सांसदलाई थुन्ने ठाउँ बनेछ, यो मानवताविरोधी काम हो । सांसदलाई थुन्ने गुण्डागर्दी शैलीको विरोध गर्दछु,’ सांसद पन्थले भने, ‘मुख्यमन्त्रीमा अलिकति पनि राजनीतिक नैतिकत...