सहकारीलाई पनि पुनर्कर्जा दिन माग

काठमाडौं (अस) । सहकारी संस्थाहरूलाई पनि सहुलियत ब्याजदरको पुनर्कर्जा दिन सहकारीका सञ्चालकहरूले माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम र बजेटमा सुझाव लिन अर्थमन्त्री जनार्दन शर्माले गरेको छलफलका उनीहरूले सहकारीको पहुँच गाउँ गाउँसम्म भएकाले सहकारीमार्फत सहुलियत दरमा कर्जा दिँदा प्रभावकारी हुने सुझाव दिएका हुन् । हाल बैंक तथा वित्तीय संस्थाहरूमार्फत मात्र पुनर्कर्जा परिचालन हुँदै आएको छ । यसैगरी सरकारले ब्याज अनुदान दिने विभिन्न प्रकारका कर्जा पनि बैंक तथा वित्तीय संस्थाहरूबाटै परिचालन हुँदै आएको छ । छलफलमा सहकारीहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहुलियत ब्याजदरको कर्जा र पुनर्कर्जा सहकारीमार्फत पनि परिचालन हुनुपर्ने बताए । ‘सहकारीको पहुँच तल्लो वर्गका सर्वसाधारणसम्म छ,’ उनले भने, ‘त्यसैले सहुलियत ब्याज र पुनर्कर्जा सहकारीबाट जाँदा अझ प्रभावकारी हुन्छ ।’ सहकारीले उत्पादन, प्रशोधन र सेवा क्षेत्रमा काम गर्न चाहेको भए पनि विभिन्न ऐन बाधक भएको भन्दै त्यसलाई संशोधन गर्न अध्यक्ष कँडेलले आग्रह गरे । यसैगरी सबै प्रदेशमा शीत भण्डारण गृह निर्माण गरी सहकारीबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनुपर्ने, धूलो दूध कारखानाको सञ्चालन सहकारीबाटै गरिनुपर्ने लगायत सुझाव महासंघले दिएको छ । छलफलमा सहकारी महासंघका साथै बचत तथा ऋण केन्द्रीय सहकारी संघ, कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंकका अध्यक्षलगायतका सहकारीकर्मीको उपस्थिति थियो । उनीहरूले सहकारीमा कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, स्थिरीकरण कोष, बचत तथा ऋण सुरक्षण कोषलगायतको व्यवस्था छिटो कार्यान्वयन गर्न सुझाव दिए । विभिन्न मन्त्रालय तथा विभागले उद्योग स्थापनाका लागि दिने गरेको अनुदानको दुरुपयोग भएको भन्दै उनीहरूले उत्पादनको आधारमा अनुदान दिन आग्रह गरे । सहकारीकर्मीहरूको सुझाव सुनेपछि अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिनेगरी गृहकार्य भइरहेको बताए । ‘छलफलमा सहकारी क्षेत्रलाई राम्रो गर्ने विषयमा धेरै सुझाव आएका छन् । यी सुझाव बजेटमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ,’ उनले भने । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि निरन्तर छलफल गर्दै आएको छ । अहिलेसम्म कृषि, शिक्षा, निजीक्षेत्र, बैंक, वित्तीय संस्था र बीमा, संघीयता, पूर्वाधार, दलित, अपांगता लगायत क्षेत्रका प्रतिनिधिसँग छलफल भइसकेको छ । मन्त्रालयले बजेटका लागि सुझाव लिन सांसद, पूर्वअर्थमन्त्रीहरू, अर्थविद् युवा तथा विद्यार्थीलगायतसँग पनि छलफल गरिने बताएको छ । यसैगरी भौतिक रूपमा उपस्थित हुन नसक्ने सर्वसाधारणले टोल फ्री नम्बरबाट कार्यालय समयभित्र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ ।

सम्बन्धित सामग्री

बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने

नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ।

२४ हजारले पाए पुनर्कर्जा सुविधा

१४ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १ खर्ब ६ अर्ब ११ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको छ । २४ हजार २ सय ६८ ऋणीले यस्तो पुनर्कर्जा सुविधा पाएका हुन् । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार २०७८ फागुन मसान्तसम्म १ खर्ब ३४ अर्ब ११ करोड पुनर्कर्जा लगानीमा छ । आर्थिक वर्ष २०७८/७९ को फागुन […]

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

काठमाडौं, पुस २३ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ। यस अवधिमा प्रवाह भएको पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा गएको छ। राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ […]

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।...

छ अर्ब साठी करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत

चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ । कुल २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।कोभिड–१९ बाट प्रभावित उद्योगी–व्यवसायीका लागि व्यवस्था गरिएको पुनर्कर्जाअन्तर्गत विशेष पुनर्कर्जा शीर्षकमा ११ जना ऋणीले एक अर्ब ८६ करोड २३ लाख लिएका छन् । त्यस्तै साधारण पुनर्कर्जा शीर्षकमा ४४ जना ऋणीले चार अर्ब ९३ करोड ९० लाख रुपियाँ लिएका छन् ।प्रवाह भएको कर्जामध्ये करिब ५१

पुनर्कर्जा कार्यविधि संशोधन, कुल सीमा २ खर्ब १२ अर्ब

राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ। जसअनुसार पुनर्कर्जाको कुल सीमा २ खर्ब १२ अर्ब ८८ करोड पुगेको छ। पुनर्कर्जा पाइने व्यवसायिक दायरा पनि बढाइएको छ।

अक्सिजन प्लान्ट स्थापना गर्न पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।पुनर्कर्जा कार्यविधि–२०७७ संशोधन गर्दैै राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो ।कार्यविधिको व्यवस्था अनुसार, अब […]

पुनर्कर्जा सुविधा यथावत

कोरोना महामारीको बेला उद्योग, व्यवसाय र बैंक तथा वित्तीय क्षेत्रलाई धराशयी हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको पुनर्कर्जा सुविधा आर्थिक वर्ष २०७८/७९ मा पनि यथावत रहने भएको छ।...

अहिलेसम्म साढे १ खर्ब पुनर्कर्जा स्वीकृत

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ। गर्भनर महाप्रसाद अधिकारीले विषेश र साधारण गरेर ४० हजार ५५० ऋणीलाई उक्त पुनर्कर्जा स्वीकृत गरेको बताए। यसक्रममा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले एकमुष्ट ९२ अर्ब ३८ करोड लिएका छन्।