अब यसरी अघि बढ्नेछ चोलेन्द्रमाथिको महाभियोग, समितिले बयान लिनसक्ने

निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढेको छ । आइतबारको प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएसँगै प्रक्रिया अघि बढेको हो ।  आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गरेपछि बहुमतले स्वीकृत भएको समितिमा लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु पनि समेटिएका छन् ।सो समितिका सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, रा