तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्ने चेतावनी, आपूर्तिमा अवरोधको चिन्ता

काठमाडौं ।  पछिल्लो समय तेलको मूल्य निरन्तर बढिरहेको छ । मूल्य  वृद्धिलाई कुनैहालत नरोकिने   देखिएको छ । डिसेम्बरदेखि जनवरीको बीचमा मात्रै कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्टक्रुड प्रतिब्यारेल ११ डलरले बढेको छ । आपूर्तिमा अवरोध उत्पन्न हुने चिन्ता, विश्वभर बढेको महँगी र भूराजनीतिक तनावका कारण पछिल्ला केही हप्ताहरुमा तेलको मूल्य आकाशिएको हो ।  ब्रेन्टको मूल्य छिटै सय डलर नाघ्न सक्ने  ऊर्जा विश्लेषकहरूले प्रक्षेपण गरिरहेका छन् । भाउ प्रतिब्यारेल १२५ डलर भन्दा माथि उक्लिने आँकलन गर्नेको संख्या बढिरहेको छ । पछिल्लो समय तेलकोे उत्खननमा पूँजीगत लगानी कम छ । भौतिक बजारमा तेलको उपलब्धता न्यून छ । यो अवस्थालाई हेर्दा आपूर्ति अभाव हुने र तेलको मूल्य १२० डलर नाघेर प्रतिब्यारेल १५० डलरसम्मै पुग्न सक्ने जेटीडी एनर्जी सर्भिसेजका निर्देशक जोन नड्रिस्कोल बताउँछन् ।  गएको हप्ता ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९५ डलर नाघेको थियो । यो सन् २०१४ को गर्मीयाम यताकै उच्च हो । गत वर्षको सोही अवधिको तुलनामा अहिले तेलको भाउ ६३ प्रतिशतले बढिसकेको छ । बुधबार यो समाचार तयार पार्दा सम्म लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनका ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.१७ प्रतिशतले बढेर ९४.३७ डलरमा किनबेच भइरहेको थियो ।   रुसले युक्रेनमा आक्रमण गर्ने खतराका कारण उत्पन्न तनावबीच तेलको मूल्य हालैका दिनमा बढेको छ । तर रुसले युक्रेनी सीमाबाट आफ्नो केही सेनाहरु हटाएको खबरले भने मंगलबार एकै दिन तेलको मूल्य ३ प्रतिशतले घटेको थियो । युक्रेनमाथि हमला  गर्ने सम्भावनाको रुसले भने अस्वीकार गर्दै आएको भएपनि नाटोका अगुवा र अमेरिकी राष्ट्रपति जो बाइडेनले भने जोखिम उच्च रहेको बताउँदै आएका छन् । 'पछिल्लो समय तेलको मूल्य बढाउन भूराजनीतिक तनावले मात्रै भूमिका भने खेलेको छैन' ड्रिस्कोल भन्छन्।  बजारमा तेलको माग सुध्रिने क्रममा छ । तर आपूर्ति भने अभाव हुने देखिएको छ । प्रमुख निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख तेल उत्पादकहरु अर्थात् ओपेक प्लसको तेल उत्पादन पनि समूहले बजारमा थप्ने जति तेल उत्पादन गर्न सकेका छैनन् । कोभिडको महामारी र नवीकरणीय ऊर्जाको प्रयोग बढाउने सरकारी नीतिका कारण अमेरिका र अन्य देशहरुमा तेलको  उत्खननमा लगानी कम छ । ओपेक प्लसले जनवरीमा दैनिक लक्ष्य तोकेको भन्दा तेल उत्पादन ७ लाख ब्यारेल कम छ । साउदी अरब र रुसले नै आफ्नो कोटा भन्दा कम तेल उत्पादन गरिरहेका छन् ।    तेल बजारमा लगानीकर्ताहरुको लर्को  तेलको मूल्य बुलिश रहनुमा माथि भनिएका तत्वहरुको मात्रै भूमिका छैन । तेलसँग सम्बन्धित शेयरमा लगानीको आइरो पनि  आइरहेको छ । अन्तरराष्ट्रिय तेल कम्पनीहरुले पनि ठूलो मुनाफा कमाइरहेका छन् । अमेरिकामा महँगी दशकौं यताकै उच्च स्तरमा उक्लिएको छ । यस्तो अवस्थामा ऊर्जा कम्पनीको शेयरमा लगानी गर्नु चतुर लगानी हुने विश्लेषकहरुले सुझाइरहेका छन् । विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न समस्याहरुको साथमा महँगीका कारण विश्वभर पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ नै यसले उल्टै तेल उत्खननकर्ता विशेषगरी अमेरिकी शेल आयल उत्खननकर्ताहरुको लागत पनि बढाइरहेको छ । यसले पनि बजारमा तेलको मूल्य बढाइरहेको छ ।  ‘हामीहरुले खपत बढाएपछि हाम्रो अतिरिक्त क्षमता घटेको छ, तर सम्पत्ति व्यवस्थापक, गैर–व्यवसायिक पेन्सन लगगायत मुख्य कारकहरुले तेल बजारमा लगानी खन्याइरहेका छन्,’ डिस्क्रोन भन्छन् । एसएन्डपी ५०० को ऊर्जा क्षेत्रको परिसूचक गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । यसले पनि तेलसँग सम्बन्धित कम्पनीको शेयरमा लगानीकर्ताको उत्साह छर्लङ  पार्दछ ।  तेलको भाउ बुलिश रहने प्रक्षेपण गर्नेमा डिस्क्रोल एक मात्रै विश्लेषक होइनन् । यही महीना जेपी मोर्गनले तेलको भाउ बढेर प्रतिब्यारेल १२५ डलरमा पुग्ने प्रक्षेपण गरेको छ । माग अनुरुप तेलको आपूर्ति नहुने क्रम बढेको छ । बजारमा आपूर्ति अभाव बढ्दो छ । फेब्रुअरीमा ओपेकको तेल उत्पादन क्षमता दैनिक ३ लाख ब्यारेल कम हुने ऊर्जा सूचना प्रशासनले बताएको छ । अमेरिका र अन्यले तेलको मूल्य कम गर्न अनुरोध गरिरहेको भएपनि सन् २०२२ मा तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलले मात्रै बढाउने आफ्नो योजनाबाट विचलित हुने ओपेकले कुनै संकेत गरेको छैन । माग बढेर धान्नै नसक्ने हो कि भनेर प्रक्षेपण भइरहेको समयमा अपेक्षा गरिएभन्दा कम उत्पादनले ऊर्जा संकट निम्त्याउन सक्ने आशंका पनि गरिएको छ ।    माग विध्वंस  कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकुचनबाट विश्व अर्थतन्त्र पुनःबहाल भइरहेको छ । यी सबै कारकहरु र विश्वको आर्थिक पुनःबहालीलाई हेर्दा तेलको मूल्य वृद्धिलाई रोक्ने कारक निकै थोरै छ । तेलको मूल्य बढेर प्रतिब्यारेल १५० डलरमा पुग्यो भने यो तेल उत्पादक राष्ट्रहरुकै लागि समेत विपदकारी हुने चेतावनी दिइएको छ ।  तेलको मूल्य बढ्ने क्रमलाई उल्टयाउन सक्ने एउटै कारण मागमा आउने कमी हुन सक्ने आरबीसी क्यापिटल मार्केट्सका विश्लेषकहरुको विश्वास छ । माग विध्वंसको स्तरमा नपुग्दासम्म तेल चक्रले भाउ उच्च नै राख्ने आरबीसी क्यापिटल मार्केर्ट्समा कमोडिटि तथा डिजिटल बौद्धिकता रणनीतिज्ञ माइकल ट्रान बताउँछन् । यो गर्मीयाममा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर वा सो भन्दा उच्च रहने प्रक्षेपण आरबीसी क्यापिटल मार्केर्ट्सको छ ।   ऐतिहासिक रुपमा सीमित उत्पादन र कच्चा तेलको न्यून सञ्चितिका कारण तेलको मूल्य बढ्ने गरेको अनि माग विध्वंस वा आपूर्ति वृद्धि नहुँदासम्म यो समस्या समाधान नहुने देखिन्छ । तर अहिले यी मध्ये कुनै पनि कारक तत्कालै आउने संकेत नदेखिएको ट्रानको भनाइ छ ।  

सम्बन्धित सामग्री

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमा झर्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । अन्तर्राष्ट्रिय तेल बजारको जानकारी दिने ओयलप्राइस डटकमका अनुसार कच्चा तेलको मूल्य घट्न थालेको हो ।ओयलप्राइसका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ९९.६९ डलर प्रतिब्यारेल छ । यस्तै, वेस्ट टेक्सास इन्टरमेडियट (डब्लूटीआइ) कच्चा तेलको मूल्य ९६.६६ रुपैयाँ प्रति ब्यारेल छ । यसअघि, कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो । रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थ

विश्व बजारमा कच्चा तेलको मूल्य १३ वर्षयताकै उच्च !

विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ ।अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो ।कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आइ स्थिर भएको बीबीसीले जनाएको छ । सन् २००८ को जुलाईयता तेलको मूल्य यो तहमा पुगेको पहिलोपटक हो ।यसैबीच, रुस र युक्रेनको युद्धका कारण मध्यपूर्वी तथा उत्तरी अफ्रिकाका देशमा खाद्यान्नको अभाव हुनसक्ने विश्लेषण गरिएको छ । यसले गर्दा इन्धनसँगै खाद्यान्न र खाने तेलको भाउ बढ्ने खबरमा उल्ल...

खाने तेलको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । रुस र युक्रेनबीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास्) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष […]

रुस–युक्रेन युद्ध – कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उकालोतर्फ लागेको छ । तेलको मूल्य सम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलरभन्दा माथि पुगेको जनाएको छ ।विश्व बजारमा तेलको मूल्य अहिलेसम्मको स्थितिमा ५.४९ प्रतिशतले बढेको छ । आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । रुसले युक्रेनमाथि मिसाइलसहित सैन्य हमला सुरु गरेपछि मूल्य एकाएक आकासिएको हो ।

कच्चा तेलको मूल्य घट्दै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक  हप्ताअघि  प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको   नयाँ   भेरियन्ट   ओमिक्रोनको   प्रभाव   र   अमेरिकाले   रणनीतिक   भण्डारणबाट   पाँच   करोड   ब्यारेल   पेट्रोलियम  पदार्थ  निकासा  गरेपछि  कच्चा  तेलको  मूल्य &

खाने तेलको मूल्य घट्न थाल्यो

बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ ।लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ । तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् । नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री मूल्य लिटरमा १५ देखि २० रुपैयाँमा घटेको जानकारी दिए । कारोबारमा खबर छ ।

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

साउदीले बढायो तेलको मूल्य

एजेन्सी। साउदी अरबले एसियन मुलुकका लागि तेलको मूल्य बढाएको छ। साउदीले कयौं ग्राहक देशका लागि कच्चा तेलको मूल्य बढाएको हो। यतिबेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० रुपैयाँ पुगेको छ। यसमा सिपमेन्ट चार्ज १० सेन्टदेखि १.९० डलर हुने बताइएको छ।

लिटरमै १० देखि १५ रुपैयाँ बढ्यो खाने तेलको मूल्य

बजारमा खाने तेलको मूल्य फेरि बढेको छ। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार खाने तेलको मूल्य लिटरमै १० देखि १५ रुपैयाँ बढेको हो।