किर्ते गरी जग्गा बेच्ने कर्मचारीसहित १३ जनालाई कैद र जरिवाना

किर्तेगरी अर्काको जग्गा बेचिदिने मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले जरिवाना र कैद सजाय फैसला गरेको छ ।न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो । अदालतले मालपोत कार्यालयका सुब्बा विश्वरुप सावद, कम्प्युटर […]