काठमाडौं : चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा औषधि उत्पादन शुरु भएको छ।समितिमा चार महिनादेखि औषधि उत्पादन रोकिएको थियो। काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्किने गरेका थिए।गत शुक्रबारदेखि त्रिफला उत्पादन सुरु भएको हो। समितिले त्रिफला बनाउन थालेको हो। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको सात महिना भएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रूपमा निमित्त कार्य