युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिने रुसकाे निर्णयपछि पश्चिमा देशद्वारा प्रतिबन्ध सुरु

काठमाण्डाै – रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि पश्चिमा देशहरूले उमाथि प्रतिबन्ध लगाउन थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दक्षिण–पूर्वी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई छुटै राज्यको मान्यता दिएर त्यहाँका विद्रोहीलाई औपचारिक मान्यता प्रदान गरेपछि अमेरिका र युरोपेली देशहरू आक्रोशित भएर प्रतिबन्ध लगाउन थालेका हुन् ।बेलायतले पाँच वटा रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनि कुटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्र...