संसद् विघटनलाई सामान्य रूपमा लिन सकिँदैन : सिके राउत

काठमाडाैं : जनमत राष्ट्रिय पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन्। रूपन्देहीको भैरहवामा आज लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले यसलाई असामान्य र सोच्नैपर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको बताए।जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको उनको भनाइ थियो। राउतले नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको टिप्पणी गरे। अहिले बुद्ध

सम्बन्धित सामग्री

त्रिदेशीय टी-२० कप : कुशलले बनाए अर्को अर्धशतक

काठमाडौं। कुशल भुर्तेलले मलेसियाविरुद्ध पनि अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा कुशलले २६ बलमा तीन चौका र पाँच छक्कासहित अर्धशतक बनाएका हुन्। उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। नदेरल्यान्ड्सविरुद्धकै खेलमा कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। नेपाल ६.१ ओभर सकिँदा विनाविकेट क्षति ७१ रन बनाएको छ।(तस्बिर- फाइल)

Dekhapadhi

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग–अलग तीन कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् ।परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो, जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । मरूभूमिको फूल भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशक बीएन पुस

Ratopati