स्याङ्जा– पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रूपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै छ । धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरिजस्ता ऋषि महर्षिहरूको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रूपमा परिचित रामनदीको ऐतिहासिक महत्त्व रहेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मा अवस्थित पवित्रस्थल राम्दी धाममा बर्सेनि हजारौँ […]
पाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उनले अपाङ्गता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राखे । उनीहरूको क्षमता अभिवृद्धिका साथै […]
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विश्वसनीय विद्युत् आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याको जानकारी लिने र समस्या पहिचान अभियान थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए । बिहीबार कोशी प्रदेशको विराटनगरमा त्यहाँका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखसँग उनले छलफल गरेका छन् । त्यस क्षेत्रका […]
काठमाडौँ – संसदको राज्य व्यवस्था तथा सुशासन समितिको संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने निर्णयविरुद्ध उत्रेका संसदका महासचिव पदमप्रसाद पाण्डेले