सम्पादकीय : नयाँ स्टक एक्सचेन्ज र ब्रोकर थपमा संसद्को अड्को

पूँजी बजारको सुधारका लागि नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने र ब्रोकरहरू थप्न अनुमति दिने प्रक्रियामा संसद्को अर्थ समितिमा छानबिन समिति गठन गर्नुपर्ने आवाज उठेको छ । अर्थ समितिले निकै चासो दिएको विषयमध्ये ब्रोकर थप्ने र नयाँ एक्सचेन्ज स्थापना गर्ने विषय परेको छ । अघिल्लो संसद्को कार्यकालमा पनि यसबारे उपसमिति बनाएरै अध्ययन गरिएको थियो । अर्थतन्त्रका यतिधेरै समस्या हुँदाहुँदै पनि यसमा समितिले किन बढी चासो दिएको हो भनी समितिको क्रियाकलापप्रति नै प्रश्न उठेको पाइन्छ ।  नेपाल धितोपत्र बोर्डले कानूनी प्रक्रिया पूरा गरेर नयाँ एक्सचेन्ज खोल्न अनुमति दिएपछि प्रधानमन्त्रीको हस्तक्षेपमा यो प्रक्रिया रोकिएको छ । विद्यमान नेपाल स्टक एक्सचेन्जलाई नै सबल बनाउनुपर्ने तर नयाँ एक्सचेन्ज स्थापना गर्न दिन भने रोक लगाउने आशय समितिको देखिन्छ । नेपालको शेयरबजारको आकार हेरेर यो आवश्यक नभएको तर्क अघि सारिँदै छ । तर, नयाँ एक्सचेन्ज आएपछि त्यसले भइरहेको एक्सचेन्जले भन्दा केही न केही नयाँ प्रविधि पक्कै ल्याउँछ । यसो हुँदा नेप्सेलाई पनि सुध्रन कर लाग्छ । नयाँ स्टक एक्सचेन्जको तयारी भएपछि नेप्सेले सुधारको प्रयास पनि थालेको छ । स्मरणीय छ, नेपालमा निजी बैंकले अत्याधुनिक प्रविधि प्रयोग गर्न थालेपछि सरकारी बैंकमा पनि त्यसको थालनी भएको हो । नयाँ एक्सचेन्ज आए प्रतिस्पर्धा ल्याउँछ । त्यसैले कसैले पनि प्रतिस्पर्धालाई रोक्नु हुँदैन ।  अर्थ समितिमा नयाँ एक्सचेन्जको स्थापनाभन्दा पनि अनुमति प्रदान गर्दा अनियमितता भएको आशंका व्यक्त गरेको पाइन्छ । यदि यस्तो भएको आशंका छ भने समितिले छानबिन गर्न सक्छ । तर, त्योभन्दा पनि यस्तो कारोबारको छानबिन गर्ने निकायलाई नै प्रभावकारी बनाइनुपर्छ । अनियमितता भएको छ भने कारबाही गर्न सक्नुपर्छ । तर, प्रतिस्पर्धा रोकेर कुनै एक कम्पनीको एकाधिकार कायम गराउनु कुनै पनि हालतमा उपयुक्त मान्न सकिँदैन । संसद्को काम कानून बनाएर कुनै पनि अनियमिततालाई रोक्नु हो, आफै हस्तक्षेप गर्नु होइन । सरकारी निकायले आआफ्नो कानूनी दायरामा बसेर काम गर्न पाउनुपर्छ । कानूनभन्दा बाहिर गएर काम गरेको भए तिनलाई कारबाही गर्ने अर्को निकाय छ । कुनै पनि निकायले काम नगरे त्यसका लागि कारबाहीको प्रक्रिया पूरा गर्ने संसदीय प्रणाली छ । बोर्डले आवश्यक कानून बनाएर त्यसअनुसार मापदण्ड पुर्‍याउने कम्पनीहरूलाई ब्रोकर र स्टक डिलरका लागि अनुमति दिएको छ । यसरी ब्रोकर संख्या थपिँदा हितग्राहीले सहज र सस्तो सेवा प्राप्त गर्न सक्छन् । प्रतिस्पर्धाको लाभ हितग्राहीले पाऊन् भन्ने नै संसद्को अभीष्ट हुनुपर्छ । प्रतिस्पर्धा रोक्ने गरी कुनै निर्णय गर्दा अर्को पक्षलाई सीधै लाभ मिल्छ । यस्तोमा संसद्ले कुनै एक वर्गको लाभका लागि यस्तो निर्णय गरेको भनी हुने आलोचनाबाट संसद् जोगिनुपर्छ । संसद् नै विवादमा पर्न थाल्यो भने राज्यका अंगहरू नै क्रमशः कमजोर हुन थाल्छन् ।  वास्तवमा कतै कुनै कानूनी छिद्र प्रयोग गरेर अनियमितता भएको छ भन्ने संसद्लाई लागेको हो भने त्यस्तो कानूनी छिद्र टाल्नेतिर लाग्नु संसद्को काम हो । बलियो कानून बनाउनेतिर भने संसद्को ध्यान कमै गएको छ । त्यसैले कैयौं विधेयक वर्षौंदेखि संसद्मा अड्किएका छन् । तिनलाई पारित गरेर मुलुकलाई निकास दिनुपर्ने हो । त्यसैले समितिले कसलाई ब्रोकरको अनुमति दियो, एक्सचेन्जको अनुमति दियो भनेर छलफल गर्नुभन्दा यससँग सम्बद्ध कानून बनाएर नियमनलाई प्रभावकारी बनाउनेतिर संसद्को ध्यान जानु आवश्यक छ । प्रतिस्पर्धालाई रोक्ने मनसाय संसद्ले राख्नु हुँदैन । जति बढी प्रतिस्पर्धा भयो उति बढी सेवाग्राहीलाई लाभ हुन्छ भन्ने कुरा विधायकले बुझ्नुपर्छ । 

सम्बन्धित सामग्री

नयाँ स्टक एक्सचेन्ज र नेप्से पुनर्संरचनाको फाइल अर्थमा

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज प्रक्रियालाई अघि बढाउन आग्रह गर्दै अर्थ मन्त्रालयलाई दोस्रोपटक पत्र पठाउने भएको छ । बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको विषयमा अध्ययन गर्न आवश्यक नभएको,...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न बाटो खुल्यो

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको हो । नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट संयुक्त […]

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन अझै कम्तीमा एक वर्ष लाग्ने भएको छ । ‘संशोधित धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ स्वीकृत भएसँगै नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुला भएको छ । बोर्डले नयाँ...

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै ३० दिनभित्र इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो ।...

निजी क्षेत्रमा स्टक एक्सचेन्ज : केही विवेचना

स्टक एक्सचेन्ज मूलत: एक प्लेटफर्म हो, जसले स्टक ब्रोकरहरू र व्यापारीहरूलाई सूचीकृत कम्पनी, बन्डहरू र अन्य धितोपत्रहरूको सेयर किन्न वा बेच्न अनुमति दिन्छ । अब प्रश्न उठ्छ कि यो किन आवश्यक छ । त्यहाँ धेरै कारणहरू छन् । यसको मुख्य कारण के हो भने यसले बजारमा पैसा चलायमान गर्न मद्दत गर्छ । पैसा सर्कुलेट गर्दै […]

नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खोलेकोमा लगानीकर्ता हर्षित

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज सञ्चालको बाटो खुलेकोमा शेयर लगानीकर्ताहरुले स्वागत गरेका छन् । शेयर लगानीकर्ताहरुको तीन वटै संगठन नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालन र ब्रोकर लाइसेन्स वितरणको बाटो खोलेकोमा स्वागत गरेका हुन् । विगत लामो समयदेखि आफुहरुले […]

नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटो खुल्यो

सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापनाको बाटो खोलिदिएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकबाट ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, धितोपत्र व्यवसायी नियमावली २०६४ र धितोपत्र बजार सञ्चालक नियमावली २०६४ स्वीकृत भएसँगै नयाँ स्टक...

नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारीप्रति नेप्से कर्मचारीको ८ बुँदे असहमति

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारीप्रति असहमति जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै ८ बुँदे असहमति सार्वजनिक गरेको हो । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाइरहेको समयमा संघको यस्तो धारणा आएको हो । विश्वमा स्टक एक्सचेन्जहरुको संख्या कम गर्न विभिन्न विकल्पहरूमा काम भइरहेको समयमा नेपाल उल्टो बाटोमा हिड्न लागेको भन्दै संघले आपत्ति पनि जनाएको छ ।भारतमा २६ वटा स्टक एक्सचेन्ज रहेकोमा अहिले घटेर २ वटामा सिमित भएको, सारा य

नयाँ स्टक एक्सचेन्ज तत्काल नआउने

नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेन्ज खोल्नबाट तत्काललाई पछि हटेको छ । निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको स्वीकृति दिएर नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रतिस्पर्धी बनाउनबाट बोर्ड पछि हटेको हो । बोर्डमा नयाँ...