सर्वोच्चले संविधानको मर्म र भावनाविपरीत निर्णय गर्यो : प्रभु साह

काठमाडाैं : नेकपा माओवादी छाडेर एमाले गई सहरी विकास मन्त्री बनेका प्रभु साहले सर्वोच्च अदालतको निर्णय संविधानको मर्म र भावनाविपरीत भएको बताएका छन्। रिपोर्टर्स नेपालसँग कुरा गर्दै साहले भने, 'अदालतले संविधानको मर्म र भावनाविपरीत निर्णय गर्‍यो। यो गलत भयो। ६ महिनाभित्र जनताबाट निर्वाचित भएर आउने कुरामा अदालत मौन बस्नु गलत हो नि। अहिले मन्त्री पद खारेज गर्नु गलत हो। ६ महिनाभित्र निर्वाचित भएर आउन पो भन्नुपर्थ्यो।'आज अपराह्न सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक